अयोध्याबारे ओलीको अभिव्यक्तिको भाजपाद्वारा निन्दा

अयोध्याबारे ओलीको अभिव्यक्तिको भाजपाद्वारा निन्दा
मङ्लबार, असार ३०, २०७७

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या नेपालमा पर्ने र राम नेपाली भएको अभिव्यक्ति दिएपछि भारतमा फेरि चर्को आलोचना शुरु भएको छ ।

भारतीय जनता पार्टी (भाजपा) भाजपाले प्रधानमन्त्री ओलीले विवादित अभिव्यक्ति दिएको भन्दै निन्दा गरेको हो । भाजपाका राष्ट्रिय प्रवक्ता विजय शोनकर शास्त्रीले रामप्रतिको आस्थामा खेलवाड गर्न नहुने पनि बताएका छन् ।

ओलीको आलोचना गर्दै शास्त्रीले भनेका छन्, ‘भगवान राम हाम्रो आस्थाको प्रतीक हुन् र यहाँका कसैले पनि आस्थामा खेलवाड गर्न दिँदैनन् । चाहे त्यो नेपालको प्रधानमन्त्री होस् वा जो कोही ।’

सोमबार भानुजयन्तीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित  कार्यक्रममा प्रधानमन्त्री ओलीले रामको जन्म नेपालको अयोध्यापुरीमा भएको र भारतले साँस्कृतिक अतिक्रमण गरेको अभिव्यक्ति दिएका थिए ।