घरेलु कामदारमा कोरोना देखिएपछि बलिउड अभिनेत्री रेखा क्वारेन्टिनमा

घरेलु कामदारमा कोरोना देखिएपछि बलिउड अभिनेत्री रेखा क्वारेन्टिनमा
मङ्लबार, असार ३०, २०७७

एजेन्सी । आफ्ना सुरक्षाकर्मी र घरेलु कामदारमा कोरोना भाईरसको संक्रमण देखिएपछि बलिउड अभिनेत्री रेखा आफ्नै घरभित्र क्वारेन्टिनमा बसेकी छिन् ।

उनका एक सुरक्षाकर्मी र दुई घरेलु कामदारमा कोरोना परीक्षण पोजेटिभ आएको छ ।

रेखा मुम्बईको बान्द्रामा रहेको सी स्प्रिङ्ग्सकी मालिक हुन् । उनको बंगलामा तीन व्यक्तिमा कोरोना संक्रमण भएको पत्ता लागेपछि बृहन्मुम्बई नगर निगमले शनिबार यो बंगलालाई सील गरेको छ ।

बीएमसीले यो परिसरलाई कन्टेन्टमेन्ट जोनको रुपमा घोषणा गर्ने एउटा बोर्ड पनि लगाएको छ ।