९ लाख घुससहित डिभिजन सिँचाइ कार्यालय खोटाङका प्रमुख पक्राउ

९ लाख घुससहित डिभिजन सिँचाइ कार्यालय खोटाङका प्रमुख पक्राउ
मङ्लबार, असार ३०, २०७७

काठमाडौं । डिभिजन सिँचाइ कार्यालय खोटाङका प्रमुख नारायणकाजी श्रेष्ठ ९ लाख ३४ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई आज बिहान पक्राउ गरेको हो ।

उनी सेवाग्राहीसँग ९ लाख ३४ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा कार्यालयमा फेला परेका थिए ।