मंगलबार सस्तियो सुनको मूल्य, तोलाको कति ?

मंगलबार सस्तियो सुनको मूल्य, तोलाको कति ?
मङ्लबार, असार ३०, २०७७

काठमाडौ । आज मंगलबार नेपाली बजारमा सुनको मुल्य घटेको छ ।

आज सुनको मुल्य तोलामा सय रुपैँयाले घटेर ९२ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार छापावाला सुन ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुन मुल्य तोलामा ९१ हजार ७६० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तैगरी आज मंगलबार चाँदीको मुल्य पनि बढेको छ । आज चाँदीको मुल्य ५ रुपैँयाले बढेर तोलामा ९९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।