आज ११६ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १७ हजार नाघ्यो

२४ घण्टामा ३४ जना कोरोना संक्रमणमुक्त

आज ११६ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १७ हजार नाघ्यो
मङ्लबार, असार ३०, २०७७

काठमाडौं-नेपालमा ११६ थप जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा ३४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमणमुक्त भई घर फर्किनेको संख्या १० हजार ३२८ पुगेको छ । यसैगरि पछिल्लो २४ घण्टामा ४ हजार ३६१ जनाको पीसीआर विधिबाट कोरोना परिक्षण भएको छ ।