फेसबुक लाइभमार्फत राजेशले भने- सम्बन्धित व्यक्तिलाई क्षमा दिनुहोला (भिडियोसहित)

फेसबुक लाइभमार्फत राजेशले भने- सम्बन्धित व्यक्तिलाई क्षमा दिनुहोला (भिडियोसहित)
बुधबार, असार ३१, २०७७

काठमाडौं-  महानायक प्रकरणमा राजेश हमालले मध्यरातमा एक भिडियो सार्वजनिक गर्दै कलाकार तथा निर्देशक दीपाश्री निरौलालाई माफी दिन सबैसँग आग्रह गरेका छन् ।

हमालले भनेका छन्–‘मेरो अनुरोध छ कि, यो राष्ट्रको सिने क्षेत्रका लागि, कला क्षेत्रका लागि, मानवताका लागि अत्यन्तै सकारात्मक भएर सम्बन्धित व्यक्तिलाई माफी दिनुहोला ।’

एउटा कलाकारलाई आफ्नो क्षमता पस्किन सधै प्रेरित गर्न पनि दर्शकसँग अपिल गर्दै उनले भने–‘यहाँहरुबाट सकारात्मक प्रतिक्रियाको अपेक्षा राख्दछु । कलाकारहरुलाई अगाडि बढ्ने सहज वातावरण प्रदान गरिरहनुहुनेछ भन्ने आशा राख्दछु । हामी कलाकारहरुलाई प्रेरित गर्दै गर्नुहोला ।’

कलाकार तथा निर्देशक दीपा श्री निरौलाले  ‘राजेश हमाल महानायक हो र ?’ भन्दै प्रश्न गरेपछि उनी विवादसँगै आलोचित बनिरहेकी छिन् ।

दिपाश्रीलाई सामाजिक सञ्जालमा गालीगलौज भइरहेको छ । सामाजिक सञ्जालमा आरोप-प्रत्यारोप चलेपछि नायक हमालले मध्यरातमा फेसबुक लाइभ आएर सम्बन्धित व्यक्तिलाई माफी दिन दर्शकहरुलाई आग्रह गरेका हुन् ।

उनले भनेका छन्, ‘व्यक्तिगत तहबाट कुरा गर्ने हो भने मलाई साह्रै दुःख लागेको छ । खासगरी आफू आबद्ध कला तथा सिने क्षेत्रमा भएको वादविवाद, आरोप–प्रत्यारोपप्रति उत्रिनु लज्जास्पद कुरा हो ।’

फराकिलो हृदय बनाएर दीपाश्रीाप्रति मानवता देखाइदिन दर्शकलाई आग्रह गर्दै हमालले भने, ‘कसैको मानवतामा आँँच नपुग्ने गरि आफ्ना अभिव्यक्तिहरु प्रकट गरौँ ।’ फेसबुक लाइभको समयसम्म हमालले दीपाश्रीको नाम एकपटक पनि लिएका छैनन् ।

दिपालाई इंगित गर्दै सुरुमा उनले ‘मेरा सहकर्मी’ भनेका छन् भने अन्तिममा ‘सम्बन्धित व्यक्तिलाई क्षमा दिनुहोला’ भनेका छन् ।

के भने राजेशले ?