भियतनाममा खुल्यो सुनै सुनको होटल,भाडाँकुडा,वेडरुम ट्वाइलेटसमेत सुनकै (फोटोफिचर)

भियतनाममा खुल्यो सुनै सुनको होटल,भाडाँकुडा,वेडरुम ट्वाइलेटसमेत सुनकै (फोटोफिचर)
बुधबार, असार ३१, २०७७

एजेन्सी । विश्वब्यापी महामारीका रुपमा रहेको कोरोना भाईरस संक्रमणका कारण पर्यटन क्षेत्रमा असर परिरहेको अवस्थामा भियतनामले भने पर्यटक आकर्षित गर्न गज्जबको उपाय लगाएको छ ।

भियतनामको राजधानी हनोइमा निर्माण भएको एक होटल अहिले विश्वको ध्यान खिच्न सफल भएको छ । होटलको एउटै विशेषता हो – होटलका सवैथोक सुनै सुनबाट निर्माण गरिनु ।

अनौठो बनावट र सबैतिर सुनको लेपनका कारण यो होटल निकै आकर्षित देखिएको छ ।

सुनैसुनले भरिएको उक्त होटलमा झ्याल ढोकादेखि फर्निचर, बाथरुम, ट्वाइलेट मात्र होइन खाना खाने कप प्लेटलगायतका भाँडासमेत सुनले लेपन गरिएको छ ।

सो होटलमा बेडरूमका फर्निचर, वासरुम, बाथटब, सिंक तथा सावरलगायतका सबै सामानहरू सुनले लेपन गरिएको छ ।
‘डोल्से हनोइ गोल्डेन लेक’ नाम दिएको फाइभ स्टार उक्त होटल २५ तले भवनमा छ । चार सयवटा कोठाहरू रहेका छन् ।
सन् २००९ बाट निर्माण सुरु भएको होटलको बाहिरी भित्तामा पनि ५४ हजार वर्गफिटमा सुन लेपन गरेका टायल लगाइएको छ ।

कर्मचारीहरुको पोसाक समेत रातो तथा सुनौलो रङको छ । जुन निकै आकर्षक र रंगिन देखिएको छ ।

होटलमा एक रात विताउन ३२ हजार रुपैयाँ देखि ७ लाख ३२ हजार रुपैयाँ तिर्नुपर्छ । होटलमा विभिन्न ६ खाले कोठा र बेडरुम सुइट छन् ।