माग पुरा नभएको भन्दै निजी विद्यालयहरूको अनलाइन कक्षा आजदेखि बन्द

माग पुरा नभएको भन्दै निजी विद्यालयहरूको अनलाइन कक्षा आजदेखि बन्द
बिहिबार, साउन १, २०७७

काठमाडौँ । आफ्नो माग पुरा नभएको भन्दै निजी विद्यालयहरूले आजदेखि अनलाइन कक्षाहरू बन्द गर्ने घोषणा गरेका छन्।

लकडाउनका कारण निजी विद्यालयलाई परेका समस्याका बारेमा ज्ञापनपत्र मार्फत सरकारलाई जानकारी गराएको भएपनि सरकारले समस्या संम्बोधनमा ध्यान नदिएको भन्दै अनलाईन कक्षा बन्द गर्ने निर्णय गरिएको निजी विद्यालयहरूको छाता संगठन प्याब्सन एन–प्याब्सनले जनाएको छ ।

मन्त्रालयले समय मागेर माग सम्बोधन गर्नेतर्फ पहल गर्ने आश्वासन दिएको भएपनि आश्वासन पुरा नभएको भन्दै दुवै संघले ३१ असारमा संयुक्त विज्ञप्तिमार्फत साउन १ देखि वैकल्पिक कक्षा बन्द गर्ने र शिक्षक–कर्मचारीलाई बेतलवी विदा दिने निर्णय गरेको सार्वजनिक गरेका थिए।

वैकल्पिक शिक्षा मार्फत विद्यार्थीलाई शिक्षण सिकाईमा ध्यान दिइरहेका बेला सरकारले कुनै माग सम्बोधन नगर्दा अहिलेको अवस्थामा वैकल्पिक शिक्षण सिकाई गर्न नसकिने उनीहरूको भनाइ छ।

शिक्षा मन्त्रालयले भौतिक रूपमा विद्यालय सञ्चालनको अनुमति दिए पश्चातमात्र विद्यालयका प्रशासन खुल्ला गर्ने निजी विद्यालयहरुको बताएका छन ।