सपिङ मलमा भाडा विवाद चर्किंदै

सपिङ मलमा भाडा विवाद चर्किंदै
बिहिबार, साउन १, २०७७

काठमाडौँ । उपत्यकाका सपिङ मलमा व्यापारी र सञ्चालकबीच भाडा छुटको विषयलाई लिएर विवाद सिर्जना भएको छ । लकडाउन अवधिभर (चैत–असार) को भाडा छुट हुनुपर्ने मलस्थित व्यापारीहरूको माग छ ।

लकडाउनमा व्यापार ठप्प भएकाले भाडा तिर्न नसक्ने उनीहरू बताउँछन् । मल सञ्चालकले भने छुट दिन नसक्ने भन्दै भाडा बुझाउन दबाब दिइरहेका छन् ।

व्यापारीहरूका माग सम्बोधन गर्न नसक्ने अडानमा मल सञ्चालकहरू रहेको र भाडा छुट नभए आन्दोलन गर्ने व्यापारीहरूको चेतावनीले उपत्यकाका प्रायः सपिङ मलमा यति बेला विवाद चर्किएको छ । यहाँका सिभिल मल, विशाल बजार, पिपल्स प्लाजा, ताम्राकार कम्प्लेक्स र रञ्जना ट्रेड सेन्टरमा सटरको भाडालाई लिएर छलफल जारी छ ।

लकडाउन अवधिभरको भाडा छुटलाई लिएर सिभिल मलका व्यवसायीले सञ्चालकलाई असार २६ मै सटरको चाबी जिम्मा लगाइसकेका छन् । विशाल बजारका व्यवसायीले मंगलबार कम्पनीलाई लकडाउन अवधिभरको भाडा पूर्ण छुट गर्न माग राख्दै ज्ञापनपत्र बुझाएका छन् । रञ्जना, पिपल्स र ताम्राकारमा पनि यस विषयमा छलफल जारी रहेको बताइएको छ ।

कान्तिपुर दैनिकमा समाचार छ ।