सिन्धुपाल्चोक पहिरो : बेपत्ता ५ जनाको पहिचान खुल्यो

सिन्धुपाल्चोक पहिरो : बेपत्ता ५ जनाको पहिचान खुल्यो
बिहिबार, साउन १, २०७७

सिन्धुपाल्चोक । भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीको माथिल्लो भेगमा दुई घर बगाउँदा बेपत्ता भएका पाँच जनाको पहिचान खुलेको छ ।

अविरल वर्षापछिको पहिरोले घर बगाउँदा बेपत्ता हुनेमा एकाघरका वर्ष १६ का याङ्जी शेर्पा, वर्ष १४ का छिरिङवागु शेर्पा, वर्ष ७५ का सुमवुट्टी शेर्पा, वर्ष ३५ का साङ्बु शेर्पा र वर्ष ४० का सेमङ शेर्पा रहेका छन् ।

पहिरोले एउटा स्कूलमा पनि पहिरोले क्षति पुर्‍याएको भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए । उद्धारका लागि घटनास्थलमा प्रहरी अझै पुग्न नसकेको उनले जानकारी दिएका छन् ।