ब्राजिलमा पछिल्लो २४ घण्टामा ३९ हजारभन्दा बढीमा कोरोना भाइरस संक्रमण

ब्राजिलमा पछिल्लो २४ घण्टामा ३९ हजारभन्दा बढीमा कोरोना भाइरस संक्रमण
बिहिबार, साउन १, २०७७

काठमाडौं – ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणले ब्राजिलमा एकै दिन ३९ हजारभन्दा बढी संक्रमित भएका छन् ।

योसँगै बिहीबार बिहानसम्म ब्राजिलमा कोरोनाले संक्रमित हुनेको संख्या १९ लाख ७० हजार ९०९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार २६१ जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा मृत्यु हुनेको संख्या ७५ हजार ५२३ पुगेको हो ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा अहिलेसम्म १२ लाख ५५ हजार ५६४ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ३९ हजार ८२२ जनाको उपचार भइरहेको छ ।