आज १६७ जना कोरोना संक्रमित थपिए, संक्रमित संख्या १७ हजार ३४४ पुग्यो

२४ घण्टामा २१३ जना कोरोना संक्रमणमुक्त

आज १६७ जना कोरोना संक्रमित थपिए, संक्रमित संख्या १७ हजार ३४४ पुग्यो
बिहिबार, साउन १, २०७७

काठमाडौं-नेपालमा आज थप १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ३४४ पुगेको छ ।

त्यसैगरि पछिल्लो २४ घण्टामा २१३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त भई घर फर्किनेको संख्या ११ हजार २४९ पुगेको छ ।