भारतमा कोरोना संक्रमितको संख्या अहिले सम्मकै उच्च

भारतमा कोरोना संक्रमितको संख्या अहिले सम्मकै उच्च
बिहिबार, साउन १, २०७७

एजेन्सी । भारतमा एकैदिनमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ३२ हजार ६९५ पुगेको छ । संक्रमितको संख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो ।

भारतमा पछिल्लो २४ घण्टामा ३२ हजार ६९५ संक्रमित भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार योसँगै भारतमा कुल संक्रमितको संख्या ९ लाख ६८ हजार ८७६ पुगेको छ ।

त्यसैगरी भारतमा गत २४ घण्टामा कोरोनाका कारण ६०६ जनाको मृत्यु भएपछि कोभिड १९ बाट मृत्यु हुनेका संख्या २४ हजार ९१५ पुगेको छ ।

भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाहरुको संख्या ३ लाख ३१ हजार १४६ रहेको छ भने ६ लाख १२ हजार ८१५ जना संक्रमणमुक्त भइसकेका छन् ।