सरकारले सञ्चारमाध्यमको नवीकरण शुल्क नलिने

सरकारले सञ्चारमाध्यमको नवीकरण शुल्क नलिने
बिहिबार, साउन १, २०७७

काठमाडौं – सरकारले सञ्चारमाध्यमको नवीकरण शुल्क नलिने भएको छ ।

मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्दै अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले सञ्चारमाध्यमको नवीकरण शुल्क नलाग्ने निर्णय भएको जानकारी दिएका हुन् ।

त्यसको लागि राष्ट्रिय प्रसारण नियमावली २०७७, रेडियो सञ्चार नियमावली २०७७ र चलचित्र नियमावली २०७७ लाई संशोधन गरेर राजपत्रमा प्रकाशन गरेको उनले बताए ।

यो वर्ष कोरोना महामारीको कारण सञ्चारमाध्यमको नवीकरण शुल्क नलिने सरकारले जनाएको हो ।