सिन्धुपाल्चोकको फुल्पिङकट्टिमा पहिरोमा बेपत्ता भएका ५ मध्ये २ को शव फेला

सिन्धुपाल्चोकको फुल्पिङकट्टिमा पहिरोमा बेपत्ता भएका ५ मध्ये २ को शव फेला
बिहिबार, साउन १, २०७७

सिन्धुपाल्चोक-गएरातीको अविरल बर्षाका कारण पहिरो आँउदा सिन्धुपाल्चोकको भोटेकोसी गाउपालिका ४ फुल्पिङकट्टिको माथिल्लो भेगमा दुईजनाको मृत्यु भएको छ ।

गएरातीको पहिरोले घर बगाउँदा बेपत्ता भएका एकै घरका ५ मध्ये २ जनाको शव फेला परेको हो । बर्ष १६ की याङ्जी शेर्पा र ३५ बर्षकी साङ्बु शेर्पाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधब प्रसाद काफ्लेले जानकारी दिए ।

पहिरोमा पुरिएका अझै ३ जना बेपत्ता छन् । उनीहरुको खोजिकार्य जारी रहेको प्रहरिले जनाएको छ । पहिरोले एक स्कुलमा पनि क्षति पुगेको भोटेकोसी गाउपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए । गएराती साढे १ बजे आएको बर्षाले घर बगाएको थियो ।