काठमाडौंमा पहिरोमा पुरिएर एक जनाको मृत्यु

काठमाडौंमा पहिरोमा पुरिएर एक जनाको मृत्यु
फाइल तस्वीर
सोमवार, साउन ५, २०७७

काठमाडौं- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा एक जनाको पहिरोले पुरिएर मृत्यु भएको छ ।

मृत्यु हुनेमा गागलफेदीका २२ वर्षीय नवराज गुरुङ रहेका छन् । उनको आइतबार गागलफेदीस्थित घट्टेखोलामा आएको पहिरोमा परी मृत्यु भएको जनाएको छ ।

पहिरोमा पुरिएर मृत्यु भएका उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको प्रहरीले जनाएको छ ।