इंग्लिस प्रिमियर लिगमा आज तीन खेल हुँदै

इंग्लिस प्रिमियर लिगमा आज तीन खेल हुँदै
सोमवार, साउन ५, २०७७

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज तीन खेल हुँदैछन् । प्रिमियर लिगमा आज एभर्टन, उल्भ्स, सेफिल्ड युनाइटेड लगायतका क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

उल्भ्सले घरेलु मैदानमा क्रिस्टल प्यालेससँग खेल्नेछ । सातौं स्थानको उल्भ्सको ५६ अंक छ । क्रिस्टल ४२ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।

यस्तै एभर्टनले सेफिल्डसँग उसैको मैदानमा खेल्नेछ । एभर्टन सेफिल्डलाई हराएर अंक तालिका सुधार गर्ने योजनामा हुनेछ । एभर्टन ४६ अंक जोडेर लिगको १२ औं स्थानमा रहेको छ ।

५४ अंक जोडेको सेफिल्ड आठौं स्थानमा रहेको छ ।  अर्को खेलमा न्युकासल र ब्राइटनबीच प्रतिस्पर्धा हुनेछ ।