सिरी ए फुटबलमा एटलान्टा र बोलोग्नाबीच प्रतिस्पर्धा हुँदै

सिरी ए फुटबलमा एटलान्टा र बोलोग्नाबीच प्रतिस्पर्धा हुँदै
मङ्लबार, साउन ६, २०७७

एजेन्सी-इटालियन सिरी ए फुटबलमा आज एटलान्टाले बोलोग्नासँग प्रतिस्पर्धा गर्दैछ । उपाधि दाबेदार एटलान्टाले घरेलु मैदानमा बोलोग्नासँग प्रतिष्पर्धा गर्न लागेको हो ।

बोलोग्नाविरुद्ध मैदान उत्रदा एटलान्टा सहज जितको खोजीमा रहेको छ । बोलोग्नालाई हराएमा एटलान्टा लिगको दोस्रो स्थानाम उक्लनेछ । तेस्रो स्थानको एटलान्टाले ३४ खेलमा ७१ अंक जोडेको छ ।

एटलान्टा लिग लिडर युभेन्ट्स भन्दा ९ अंकले पछि रहेको छ । युभेन्ट्सको ८० अंक रहेको छ । यस्तै अर्को खेलमा एसी मिलानले सासुलोसँग खेल्नेछ । मिलानले सासुलोसँग उसैको मैदानमा खेल्नेछ ।