राखेप सदस्यसचिवको सेवासुविधा सचिवसरहको हुने

राखेप सदस्यसचिवको सेवासुविधा सचिवसरहको हुने
बिहिबार, साउन ८, २०७७

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य सचिवको सेवासुविधा नेपाल सरकारको सचिवसरह हुने भएको छ ।

अब सदस्यसचिवको मासिक पारिश्रमिक ६० हजार रुपैयाँ हुनेछ। सदस्यसचिव छनोटका लागि गठन भएको सिफारिस समितिको बुधबार बसेको बैठकले ले पहिलोपटक राखेप सदस्य सचिवको पारिश्रमिक निर्धारण गरेको हो।

यसअघि सदस्यसचिवको सेवासुविधा राखेप बोर्डले निर्धारण गने व्यवस्था थियो। राष्ट्रिय खेलकुद ऐन कार्यान्वयनमा आएपछि सदस्यसचिवको पारिश्रमिक सरकारी सिफारिस समितिले निर्धारण गरेको हो।