भारतमा कोरोनाको नयाँ रेकर्ड, आज थपिए हालसम्मकै सबैभन्दा धेरै संक्रमित

भारतमा कोरोनाको नयाँ रेकर्ड, आज थपिए हालसम्मकै सबैभन्दा धेरै संक्रमित
शुक्रबार, साउन ९, २०७७

काठमाडौं – भारतमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दो क्रममा देखिएको छ । आज एकैदिन अहिलेसम्मकै सर्वाधिक ४८ हजार बढी कोरोना संक्रमित थपिएसँगै भारतमा नयाँ रेकर्ड कायम भएको छ ।

वर्ल्डओमिटरको तथ्यांक अनुसार भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सर्वाधिक ४८ हजार ४४६ जनामा संक्रमण पुष्टि भएको छ ।

दुइ दिनमा मात्रै भारतमा करिव एक लाख मानिस संक्रमित भएका छन् । यसअघि बिहीबार भारतमा ४५ हजार ५९९ जनामा संक्रमण पुष्टि भएको थियो।

कुल संक्रमित संख्या १२ लाख ८८ हजार १३० पुगेको भारत विश्वकै तेस्रो धेरै तथा एसियामा सबैभन्दा बढी संक्रमितको सूचिमा छ । संक्रमितमध्ये अहिलेसम्म ८ लाख १७ हजार ५९३ संक्रमणमुक्त भएका छन् भने ४ लाख ३९ हजार ८९२ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ७५५ जनाको मृत्यु भएपछि शुक्रबार बिहानसम्म ज्यान गुमाउनेको ३० हजार ६४५ पुगेको जनाएको छ ।