आईपीएल सेप्टेम्बर १९ बाट सुरु गर्ने तयारी

आईपीएल सेप्टेम्बर १९ बाट सुरु गर्ने तयारी
शुक्रबार, साउन ९, २०७७

एजेन्सी-ईन्डियन प्रिमियर लिग (आईपीएल) सेप्टेम्बर १९ बाट सुरु गर्ने तयारी भएको छ । प्रतियोगिता सेप्टेम्बरको तेस्रो साता सुरु भएर नोभेम्बर ८ मा फाईनल खेलाउने तयारी भएको हो ।

भारतमा बढ्दो कोरोनाको संक्रमणका कारण खेल यूएईमा हुने तय भएको आईपीएलको गभर्निङ काउन्सिलका अध्यक्ष बृजेश पटेलले एक अन्तरवार्तामा बताएका छन् ।

एसिया कप र टी–२० विश्वकप यस बर्ष रद्ध भएसंगै आईपीएल आयोजनाको बाटो खुलेको हो । अर्को हप्ता आईपीएलको गभर्निङ काउन्सिलको बैठकमा आईपीएलको तालिका र थप आवश्यक निर्णय लिईने बताईएको छ ।