उपाधि नजिक रहेको युभेन्ट्सले साम्पडोरियासँग भिड्दै

उपाधि नजिक रहेको युभेन्ट्सले साम्पडोरियासँग भिड्दै
आइतवार, साउन ११, २०७७

एजेन्सी-इटालियन सिरी ‘ए’ फुटबलमा आज उपाधि नजिक रहेको युभेन्ट्सले साम्पडोरियासँग भिड्दै छ । युभेन्ट्सले घरेलु मैदानमा साम्पडोरियासँग खेल्न लागेको हो । खेल नेपाली समय अनुसार राति १ः३० मा सुरु हुनेछ ।

घरेलु मैदानमा युभेन्ट्स साम्पडोरियालाई हराएर उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रनेछ । युभेन्ट्सलाई यस सिजन उपाधि जित्न मात्र ३ अंकको आवश्यकता रहेको छ ।

युभेन्ट्सले साम्पडोरियालाई हराउँन सके दुई खेल अगावै च्याम्पियन बन्नेछ । युभेन्ट्सले घरेलु मैदानमा ३ अंक जोडेमा लगातार नवौं सिजन सिरी ‘ए’  को उपाधि जित्नेछ ।

यता, साम्पडोरिया घरेलु टोलीलाई रोक्दै अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ । सिरी ‘ए’ अन्तर्गत नै अर्को खेलमा लाजियोले भेरोनासँग खेल्नेछ ।