हलिउड अभिनेत्री ओलिविया डी हेविल्याण्डको निधन

हलिउड अभिनेत्री ओलिविया डी हेविल्याण्डको निधन
सोमवार, साउन १२, २०७७

एजेन्सी- हलिउड अभिनेत्री तथा दुई पटक ओस्कर पुरस्कार बिजेता ओलिविया डी हेविल्याण्डको १०४ वर्षको उमेरमा निधन भएको छ ।

न्यूयोर्ककी प्रचारक लिजा गोल्बर्गले हेविल्याण्डको आइतबार बेलुका पेरिसस्थित आफ्नो घरमा निधन भएको जानकारी दिइन् । उनी ओस्कर पुरस्कार बिजेता जोन फोंटेनकी बहिनी थिइन् ।

हेविल्याण्ड ‘गन विद विन्ड’ मा देखिएकी थिइन् । यो फिल्म सन् १९३९ मा रिलिज भएको थियो । उनी यो फिल्मको अन्तिम जीवित कलाकार थिइन् । आफ्नो ६ दशकको करियरमा हेविल्याण्डले विभिन्न भूमिका निभाइन् ।

हेविल्याण्डको जन्म सन् १९१६ जुलाईमा टोकियोस्थित ब्रिटिश पेटेन्ट अटोर्नीमा भएको थियो ।