राखेप सदस्य सचिव नियुक्ति अन्तिम चरणमा

राखेप सदस्य सचिव नियुक्ति अन्तिम चरणमा
सोमवार, साउन १२, २०७७

काठमाडौं-राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिव नियुक्ति अन्तिम चरणमा पुगेको छ । सदस्य सचिव नियुक्ति लगायतका एजेण्डामा निर्णय गर्न मन्त्रीपरिषदको बैठक आज बस्दैछ ।

बालुवाटार स्रोतका अनुसार मन्त्रीपरिषद् बैठक साँझ ५ बजे बोलाईएको छ । बैठकले राखेप सदस्य सचिवका लागि युवा तथा खेलकुद मन्त्रालयले प्रस्ताव गरेको तीन जनाको नामबाट एक जनालाई सदस्य सचिवमा नियुक्ति गर्ने छ ।

मन्त्रालयले मन्त्रीपरिषद्को कार्यसुचिको रुपमा तीन जनाको नाम मन्त्रीपरिषद् बैठकका लागि पेश गरिसकेको छ । निवर्तमान सदस्य सचिव रमेशकुमार सिलवाल, भलिवलकी पूर्व कप्तान अन्जु श्रेष्ठ र भलिबलकै पूर्व उपाध्यक्ष लिलबहादुर थापा मगरलाई सदस्य सचिवमा सिफारिस गरिएको छ ।