राखेप सदस्य सचिवमा रमेशकुमार सिलवालालाई नै निरन्तरता

राखेप सदस्य सचिवमा रमेशकुमार सिलवालालाई नै निरन्तरता
सोमवार, साउन १२, २०७७

काठमाडौं- सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवमा रमेशकुमार सिलवाललाई नै निरन्तरता दिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सिलवाललाई नै सदस्यसचिवमा निरन्तरता दिएको एक मन्त्रीले जानकारी दिए ।

खेलकुद विकास ऐन २०७७ अनुसार बैठकले निवर्तमान सदस्यसचिव सिलवाललाई नै नियुक्त गरेको हो । सदस्यसचिवका लागि  २७ जनाले दरखास्त दिएकोमा सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको थियो ।

सिलवालसँगै भलिबल टिमकी पूर्व कप्तान अन्जु श्रेष्ठ र नेकपाका केन्द्रीय सदस्य समेत रहेका लिलबहादुर थापालाई सदस्यसचिवका लागि सिफारिस गरिएको थियो ।नयाँ ऐन आएसँगै कार्यकाल नसकिदै सदस्यसचिव पदबाट स्वत हटेका उनलाई नै नियुक्त गरिएको हो ।