कैलाली र कञ्चनपुरमा बिहानैदेखि भारी वर्षा, सतर्क रहन अपिल

कैलाली र कञ्चनपुरमा बिहानैदेखि भारी वर्षा, सतर्क रहन अपिल
फाइल तस्वीर
मङ्लबार, साउन १३, २०७७

काठमाडौं- मंगलबार बिहानैदेखि कैलाली र कञ्चनपुरका धेरै स्थानमा भारी वर्षा भइरहेको बाढी पूर्वानुमान महाशाखाले छ ।

भीषण वर्षासँगै स्थानीय नदीमा बाढी आउन सक्ने भन्दै त्यहाँका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले अपिल गरेको छ।

महाशाखाले आफ्नो ट्वीटमा मंगलबार बिहानै सूचना जारी गरी भनेको छ, ‘हाल कैलालीको टीकापुर, चिसापानीलगायत कैलाली र कञ्चनपुरको धेरै स्थानमा भारी वर्षा भएको, थप वर्षा हुने देखिएकाले कान्द्रा, मोहना, घुराहा, खुट्टिया, स्याउली, चौधरलगायत साना नदीमा सतर्कता आसपासको बाढी आउन सक्छ, बिहान १० बजे सम्म सतर्क रहौं।’