वीरगन्जमा ३ स्वास्थ्यकर्मीसहित थपिए १५ संक्रमित

वीरगन्जमा ३ स्वास्थ्यकर्मीसहित थपिए १५ संक्रमित
मङ्लबार, साउन १३, २०७७

काठमाडौं- वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ३ जना स्वास्थ्यकर्मीसहित १५ जना कोरोनाभाइरस संक्रमण देखिएकोे छ ।

संक्रमित हुनेहरुमा १४ जना पुरूष र १ जना महिला रहेका छन् । संक्रमित हुनेमा २३ वर्षका पुरूषदेखि ५६ वर्षका पुरूष रहेको नारायणी अस्पतालले जनाएको छ ।

नारायणी कोरोना विशेष अस्पतालका डाक्टर उदय नारायण सिंहले ३ स्वास्थ्यकर्मी सहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

डा सिंहका अनुसार नारायणी अस्पतालमा कार्यरत दुई डाक्टर र एक स्वास्थ्यकर्मीमा पनि कोरोनस संक्रमण पुष्टि भएको छ ।

नयाँ थपिएका १५ जना संक्रमित मध्ये एकजना बाराका, एकजना इलामका र अन्य पर्सा जिल्लाका रहेका छन् ।

डा सिंहका अनुसार नारायणी कोरोना विशेष अस्पतालमा हाल ६१ जना कोरोना संक्रमित उपचाररत छन् । प्रदेश २ का जिल्लाहरुमा समुदायमा कोरोना संक्रमण देखिएको डा सिंहले बताए ।