विप्लव समूहका चितवन इन्चार्ज बिसी पक्राउ

विप्लव समूहका चितवन इन्चार्ज बिसी पक्राउ
मङ्लबार, साउन १३, २०७७

चितवन- सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका चितवन जिल्ला इन्चार्ज लालबहादुर बिसी पक्राउ परेका छन् ।

उनलाई प्रहरीले सोमबार साँझ पूर्वीचितवनको राप्तीबाट नियन्त्रणमा लिएको हो । बिसीलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखेर सोधपुछ भइरहेको छ ।