सिरी ‘ए’ फुटबलमा आज इन्टर मिलान र नापोलीबीच प्रतिस्पर्धा

 सिरी ‘ए’ फुटबलमा आज इन्टर मिलान र नापोलीबीच प्रतिस्पर्धा
मङ्लबार, साउन १३, २०७७

एजेन्सी-इटालियन  सिरी ‘ए’ फुटबलमा आज इन्टर मिलान र नापोलीबीच प्रतिस्पर्धा हुँदैछ । इन्टरले घरेलु मैदानमा नापोलीसँग प्रतिष्पर्धा गर्न लागेको हो । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १ः३० बजे सुरु हुनेछ ।

घरेलु मैदानमा इन्टर जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ । नापोलीलाई हराएर इन्टर च्याम्पियन टिम युभेन्ट्ससँगको अंक दुरी घटाउने योजनामा हुनेछ ।

यता, नापोली इन्टरलाई हराएर छैटौं स्थानमा उक्लने लक्ष्यमा हुनेछ । सातौं स्थानको नापोलीको ५९ अंक रहेको छ ।