बाहुबली डाइरेक्टर राजामौलीलाई कोरोना संक्रमण

बाहुबली डाइरेक्टर राजामौलीलाई कोरोना संक्रमण
बिहिबार, साउन १५, २०७७

काठमाडौं- प्रभास स्टारर फिल्म बाहुबली र बाहुबली २ का निर्देशक एसएस राजामौलीलाई कोरोना संक्रमण भएको छ ।

उनलाई र उनको परिवारलाई हल्का खोकी लागेपछि चेकअप गराउँदा उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।

राजामौलीलले स्वयं नै आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा यसको जानकारी दिएका छन् । उनी अहिले होम क्वारेन्टाइनमा रहेको उनले बताएका छन् ।

उनमा कोरोनाको अन्य लक्षण नरहेको बताइएको छ ।