सुनको भाउमा नयाँ रेकर्ड,कतिमा हुदै छ कारोबार ?

सुनको भाउमा नयाँ रेकर्ड,कतिमा हुदै छ कारोबार ?
बिहिबार, साउन १५, २०७७

काठमाडौं । बिहिबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । पछिल्लो दिनहरुमा सुनको मूल्य लगातार बढ्दै नयाँ रेकर्ड राखेको छ । आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ ।

बुधबार प्रतितोला ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाले बढेर आज प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी आज चाँदीको मूल्य प्रतितोला १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ ।