आयरल्यान्डविरुद्ध इंग्ल्यान्ड ६ विकेटले विजयी

आयरल्यान्डविरुद्ध इंग्ल्यान्ड ६ विकेटले विजयी
शुक्रबार, साउन १६, २०७७

लन्डन- इंग्ल्यान्डले पहिलो वान डेमा बिहीबार आयरल्यान्डलाई ६ विकेटले हराएको छ ।

जितका लागि १ सय ७३ रनको लक्ष्य पाएको इंग्ल्यान्डले २२.१ ओभर बाँकी छँदै जित निकालेको हो ।

टेस्ट खेलिरहेको टिम अलग्गै रहेको हुनाले इंग्ल्यान्ड अधिकांश पहिलो रोजाइका खेलाडीबिना उत्रेको थियो । एक समय ७८ रन बनाउँदासम्म चार विकेट गुमाएको इंग्ल्यान्डका लागि इओन मोर्गन र साम बिलिङ्सले पाँचौ विकेटका लागि ९६ रनको नटआउट साझेदारी गरे ।

यसअघि आयरल्यान्डलाई सस्तोमा समेट्न डेबिड विलीले प्रमुख भूमिका खेले र उनले पहिलो पाँच विकेटको अन्तर्राष्ट्रिय बलिङ प्रदर्शन गरे । विश्वकप सुपर लिगको यो पहिलो खेल जितेर इंग्ल्यान्डले १० अंक हात पारेको छ ।

यस्तै तीन खेलको सिरिजमा इंग्ल्यान्डले १–० को अग्रता पनि लिएको छ ।