सोनिया गान्धी अस्पताल भर्ना

सोनिया गान्धी अस्पताल भर्ना
शुक्रबार, साउन १६, २०७७

एजेन्सी- भारतीय काँग्रेसकी अध्यक्ष सोनिया गान्धी दिल्लीको सर गंगाराम अस्पतालमा भर्ना भएकी छिन् ।

स्वास्थ्यमा समस्या आएपछि उनी बिहीबार साँझ अस्पताल भर्ना  भएकी हुन् । अस्पतालका अनुसार अहिले उनको अवस्था स्थिर रहेको छ ।

अस्पताल बोर्डका अध्यक्ष डा.डिएस राणाकाअनुसार गान्धीलाई नियमित स्वास्थ्य परीक्षणका क्रममा अस्पताल भर्ना गरिएको हो ।

राणाले गान्धीको अवस्था अहिले सामान्य रहेको बताए ।

यसअघि फब्रुअरी २, २०२० मा पनि गान्धी पेटमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी थिइन् ।