जीविकोपार्जनका लागि मोलीएको जाखिम ! (फोटोफिचर)

जीविकोपार्जनका लागि मोलीएको जाखिम ! (फोटोफिचर)
शुक्रबार, साउन १६, २०७७

नीराजन ओझा

कञ्चनपुर-महाकाली नदीमा पानीको बहाव बढेर खतराको विन्दुमा पुगेको छ । पहाडी जिल्लामा भइरहेको लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेको हो । नदि बढेर यसै जोखिम बत्रढिरहेबा बेला नदि किनारमा दाउरा संकलन गर्नेका कारण जोखिम अझ थपिएको छ ।

महाकाली नदिले खतराको सतह पार गरिसक्दासमेत नदी कीनारका बासीन्दा भने दाउरा संकलनमा ब्यस्त छन । वर्षातको समयमा महाकाली नदीले बगाएर ल्याएका दाउरा संकलन गरी वर्षभरी पु¥यााउनुपर्ने भएकाले जोखीम मोलेर भएपनि दाउरा संकलन गर्नुपर्ने बाध्यता रहेको स्थानीय लालबहादुर मल्ल बताउँछन् ।

जिल्ला प्रशाशन कार्यालय कञ्चनपुरले भने दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुरसहित चुरे क्षेत्रमा परेको पानीका कारण महाकाली नदीमा पानीको बहाव बढेकोले तटीय क्षेत्रका नागरिकहरुलाई सुरक्षित र सतर्क रहन तथा नदी किनारामा नजान सुूचना जारी गरेको छ । तर, सूचनाको बेपर्वाह गर्दै स्थानीय भने वर्षेनी यसरी नै दाउरा संकलन गरेर जीवन धान्ने गरेको बताउँदै दाउरा संकलनमा लागेको स्थानीय नरेन्द्र जोशी बताउँछन् ।

महाकाली नदिको बाढिमा वर्षभरी बाल्नका लागि जानेको मात्र भिड लागेको छैन । यस्तै बाढिलाई मौका मानेर व्यवसाय गर्नेहरु पनि पुगेका छन् । उनीहरु यसरी वर्षासँगै आएको महाकाली नदीमा बाढिले ल्याउने दाउरा टिपेर बेच्ने र वर्षभर यसबाटै घरखर्च चलाउने गरेका छन् ।

सरकार र स्थानीय प्रशासनले बाढि आउँदा सचेत र सतर्क रहन सूचना जारी गरेपनि स्थानीय भने त्यही बाढिर्लाइ अवसर मानेर नदीमै झुम्मिने अवस्था छ । नदीमा बाढिसँगै रुख र काठपातसमेत आउने हुँदा उनीहरु बाढिलाई नै अवसर बनाएर आफ्नो वर्षभरको गुजारा चलाउने अवस्था छ ।