मलेसियामा नेपाली सुरक्षा गार्ड कुटिएपछि दूतावासले अनुसन्धान थाल्यो

मलेसियामा नेपाली सुरक्षा गार्ड कुटिएपछि दूतावासले अनुसन्धान थाल्यो
शुक्रबार, साउन १६, २०७७

एजेन्सी । मलेसियामा एक नेपाली सुरक्षा गार्ड कुटिएको भिडियो सार्वजनिक भएपछि यस विषयमा मलेसियास्थित नेपाली दूतावासले अनुसन्धान थालेको छ ।

मलेसियामा कार्यरत एक नेपाली सुरक्षा गार्डलाई एकजना व्यक्तिले लठ्ठीले पिट्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियोमा पिट्ने व्यक्तिले लगातार बोल्दै पिटिरहेका देखिन्छन् ।

उक्त घटनालाई नेपाली दूतावासले भने मलेसियामा सुरक्षा गार्ड पिटिएको भन्दै भाइरल भइरहेको भिडियो प्रति आफ्नो ध्यानाकर्षण भएको र थप अनुसन्धानको लागि दूतावासले प्रहरीकोमा उजुरी गरिसकेको जनाएको छ ।