नक्कली रक्सीको सेवनबाट भारतमा ३८ जनाको मृत्यु

नक्कली रक्सीको सेवनबाट भारतमा ३८ जनाको मृत्यु
शनिबार, साउन १७, २०७७

काठमाडौँ – नक्कली रक्सीको सेवनबाट भारतको पञ्जावमा ३८ जनाको मृत्यु भएको छ ।

पञ्चावको अमृतसर, बटाला र तरन तारण जिल्लामा नक्कली रक्सी पिएका ३८ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

घटनापछि त्यहाँका मुख्यमन्त्री क्याप्टेन अमरिंदर सिंहले जालंधरका कमिश्नरका नेतृत्वमा अनुसन्धान गर्न निर्देशन दिएका छन् ।

भारतकै आंध्र प्रदेशमा स्यानिटाइजर खादा १० जनाको मृत्यु भएको छ ।

तस्वीर : बीबीसी हिन्दी