सभामुख निवासमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण

सभामुख निवासमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण
शनिबार, साउन १७, २०७७

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख निवासमा कार्यरत एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाको सरकारी निवास बालुवाटारमा कार्यरत ती कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

अहिले सभामुखसहित ३० भन्दा बढीको स्वाब संकलन भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । ती पुरुष कर्मचारीमा शुक्रबार कोरोना पुष्टि भएको थियो ।