इंग्ल्याण्डले आयरल्याण्ड विरुद्धको दोस्रो एकदिवसीय खेल आज खेल्दै

इंग्ल्याण्डले आयरल्याण्ड विरुद्धको दोस्रो एकदिवसीय खेल आज खेल्दै
शनिबार, साउन १७, २०७७

काठमाडौं । इंग्ल्याण्डले आयरल्याण्डविरुद्धको दोस्रो एकदिवसीय खेल आज खेल्दैछ ।

साउथह्याम्टनमा हुने खेल नेपाली समय अनुसार साँझ पौने सात बजेबाट सुरु हुनेछ ।

पहिलो खेलमा सहज जित निकालेको इंग्ल्याण्ड आजपनि विजयी हुँदै सिरीज आफ्नो पक्षमा पार्ने योजनामा छ ।

पहिलो खेलमा इंग्ल्याण्डले आयरल्याण्डलाई ६ विकेटले हराएको थियो ।

यता आयरल्याण्ड पहिलो खेलको हारको बदला लिएर सिरीज बराबरी गर्ने लक्ष्यमा छ । आजको खेलमा इंग्ल्याण्डका ओपनर जोय डेन्लीले चोटका कारण खेल्ने छैनन् ।

आजको खेल आयरल्याण्डले जितेमा सिरीजको छिनोफानो अन्तिम खेलबाट हुनेछ ।