सभामुख सापकोटाको सुरक्षार्थ खटिएका प्रहरीमा कोरोना पुष्टि

सभामुख सापकोटाको सुरक्षार्थ खटिएका प्रहरीमा कोरोना पुष्टि
शनिबार, साउन १७, २०७७

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको सुरक्षार्थ खटिएका प्रहरीमा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

सभामुख सापकोटाको अगुवा गाडीमा रहने प्रहरीलाइ कोरोना पुष्टि भएको हो । स्रोतका अनुसार संक्रमित प्रहरी साउन ६ गतेसम्म सभामुखको अगुवा सवारीमा सुरक्षार्थ खटिइरहेको थिए ।

उनीसँग सम्पर्कमा आएका सबैको स्वाव संकलन गरिएको र उनीहरुको रिपोर्ट भोलिसम्म आइसक्ने जनाइएको छ ।