कृषिमा विषादीको प्रयोग मापदण्ड अनुसार नहुँदा मानविय जीवनमा असरः विज्ञ

कृषिमा विषादीको प्रयोग मापदण्ड अनुसार नहुँदा मानविय जीवनमा असरः विज्ञ
शनिबार, साउन १७, २०७७

काठमाडौं-नेपालमा कृषि बालीमा विषादीको प्रयोग मापदण्ड अनुसार नहुँदा वातावरण र मानविय जीवनमा असर पर्ने गरेको छ । नेपालमा मापदण्ड र नियम विपरित कृषि बालीमा विषादीको प्रयोग हुँदा वातावरणमा पर्ने असर विकशित देशहरुमा भन्दा उच्च रहेको विज्ञहरुले बताएका छन ।

विषादी विज्ञ भक्तराज पालिखेले नेपालमा कृषि बालीमा विषादीको प्रयोग मापदण्ड र नियम विपरित हुने गरेको बताए । उनका अनुसार नेपालमा अहिलेसम्म ३ हजार ३५ वटा व्यापारिक नामका र १ सय ७० वटा वैज्ञानिक नामका विषादीहरु दर्ता भई प्रयोगमा आएको छ ।

जसलाई समान्य अवस्थामा लिन नहुने पनि पालिखेले बताए । उनले कृषि बालीमा किरा लागेपछि विषादीको प्रयोग गर्नै पर्छ भन्ने सोचलाई बदल्नुपर्ने र यसको विकल्प खोज्नुपर्नेमा जोड दिए ।

उनले खुला सीमाका कारण नेपालमा दर्ता नै नभएका विषादी भित्रिने सम्भावना रहेको बताएका छन् ।