कोरोना अपडेटः थप ३१५ जनामा कोरोना पुष्टि, संक्रमित संख्या २० हजार नाघ्यो

२४ घण्टामा थप ९३ जना संक्रमणमुक्त

कोरोना अपडेटः थप ३१५ जनामा कोरोना पुष्टि, संक्रमित संख्या २० हजार नाघ्यो
शनिबार, साउन १७, २०७७

काठमाडौं-नेपालमा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा देशभर ६ हजार ९८३ को पीसीआर परिक्षण गर्दा ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या संक्रमित संख्या २० हजार ८६ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ९३ जनामा कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १४ हजार ४९२ पुगेको छ ।