उपसचिव प्रेम सञ्जेल कार्यकक्षमै कुटिए

उपसचिव प्रेम सञ्जेल कार्यकक्षमै कुटिए
शनिबार, साउन १७, २०७७

काठमाडौं-श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेम सञ्जेल कार्यकक्षमै कुटिएका छन्। उपसचिव सञ्जेल अाज बिहान ११ बजेतिर कार्यकक्षमै कुटिएका हुन्।

कार्यकक्षमै कुटिएका सञ्जेलको अनुहारमा चोटपटक लागेको बताईएको छ । कुटपिटमा संलग्न आरोपमा प्रहरीले दुई महिला कर्मचारीलाई नियन्त्रणमा लिएको छ। कुटपिटबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।