काठमाडौं उपत्यकामा थप ६ जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा थप ६ जनामा कोरोना पुष्टि
शनिबार, साउन १७, २०७७

काठमाडौं-काठमाडौं उपत्यकामा आज ६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका ५ जना र भक्तपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

हिजो पनि उपत्यकामा ३८ जनामा कोरोना देखिएको थियो । त्यस्तै मुलुकभर पछिल्लो २४ घण्टामा ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २० हजार ८६ पुगेको छ।