वयोधा अस्पतालमा कोरोनाले मृत्यु भएकी महिलाको २८ घण्टासम्म पनि शव व्यवस्थापन भएन

वयोधा अस्पतालमा कोरोनाले मृत्यु भएकी महिलाको २८ घण्टासम्म पनि शव व्यवस्थापन भएन
शनिबार, साउन १७, २०७७

वीरगंज-नारायणी वयोधा अस्पतालमा कोरोनाबाट मृत्यु भएकी एक महिलाको २८ घण्टा बितिसक्दा पनि सव व्यवस्थापन भएको छैन् । वीरगंज १६, नगावा घर भएकी महिला निमोनिया उपचारका लागि अस्पताल भर्ना भएकी थिइन्।

भर्नापछि उनको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो। मृत्युपछि उनको कोरोना रिर्पोट पोजेटिभ आएको हो नारायणी अस्पतालले पुष्टि गरेको छ ।

अस्पतालमा उपचाररत् ५० वर्षीया उनको शुक्रवार विहान १० बजे मृत्यु भएको थियो। मृत महिलाको शव हालसम्म अस्पतालमै छ।