केही हप्ता भित्र कोरोना ‘रोग’ को रुपमा फैलन सक्ने विज्ञको चेतावनी

केही हप्ता भित्र कोरोना ‘रोग’ को रुपमा फैलन सक्ने विज्ञको चेतावनी
शनिबार, साउन १७, २०७७

काठमाडौं । चिकित्सकहरुले कोभिड १९ रोकथामका लागि सरकारले प्रभावकारी काम गर्न नसके संक्रमण रोगको रुपमा फैलन सक्ने बताएका छन् ।

सरकारले कोभिड १९ रोकथामका लागि गरेको कामको प्रकृति हेर्दा केही हप्ता भित्र नै संक्रमण ‘रोग’ को रुपमा फैलन सक्ने संकेत देखिएको चिकित्सकहरुले बताएका छन् ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दिक्षितले अहिले सम्म कोभिड १९ को संक्रमण रोगको रुपमा नदेखिएको तर समुदायस्तरमा फैलिदै गए रोगको रुपमा देखापर्न सक्ने बताए ।

इपिमिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व प्रमुख एवं सरुवा रोग विशेषज्ञ डा. बाबुराम मरासिनिले संक्रमण एकठाउँबाट अर्को ठाउँमा जाने अवस्थाबाट जोगाउनुपर्ने बताए ।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवारोग विशेषज्ञ डा अनुप बास्तोलाले मानिसहरुको आवागमनलाई व्यवस्थित बनाउन नसके काठमाडौं उपत्यकाको अवस्था केही हप्ता भित्रै भयावह हुनसक्ने बताए ।

सरकारले लकडाउन खोलेपछि मानिसहरुको आवागमन पनि बढेको छ । जसले समुदायस्तरमा संक्रमणका केसहरु देखिएका छन् ।