‘इनफ इज इनफ’ का अभियन्ताको माग तत्काल सम्बोधन गर्न देउवाको माग

‘इनफ इज इनफ’ का अभियन्ताको माग तत्काल सम्बोधन गर्न देउवाको माग
शनिबार, साउन १७, २०७७

काठमाडौं-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘इनफ इज इनफ’ का अभियन्ताको माग जायज भएको भन्दै तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन् । अभियन्तालाई भेट्न बसन्तुपुर पुगेका सभापति देउवाले सरकारले तत्काल आफ्नो प्रतिनिधि पठाएर अभियन्ताको माग पूरा गर्नुपर्ने बताए ।

यस्तै कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले विगत १५ दिनदेखि अनसनमा रहेका युवाहरुले उठाउँदै आएका मागहरु देश जनताको हितमा रहेको बताए । सरकारले आफ्ना प्रतिनिधि पठाएर उनीहरुले उठाएका मागहरु पुरा गर्नुपर्ने बताए ।

सतप्रतिशत पीसीआर परीक्षण हुनुपर्ने, क्वारेन्टिनको अवस्था सुधार गर्नुपर्ने लगायतका मा राख्दै आएका अभियन्ताहरुसँग सरकारले असार २३ गते लिखित प्रतिवद्धता जनाएको थियो ।

कोरोनाविरुद्धको लडाइँमा भएको खर्च सम्बन्धी विवरण सार्वजनिकीकरणका लागि अर्थ मन्त्रालय, श्रमिकका सम्बन्धमा श्रम मन्त्रालय र अन्य विषयमा गृह मन्त्रालयलाई एक हप्ताभित्र लेखेर पठाउने पनि उल्लेख थियो ।