अफगानिस्तानमा बाढीले १६ जनाको मृत्यु

अफगानिस्तानमा बाढीले १६ जनाको मृत्यु
शनिबार, साउन १७, २०७७

एजेन्सी-अफगानिस्तानको नान्गाहार प्रान्तमा लगातारको वर्षापछिको बाढीले कम्तीमा १६ जनाको मृत्यु भएको छ । शुक्रबार अबेर राती आएको बाढीमा परी मृत्यु भएका मध्ये अधिकांश बालबालिका रहेको अधिकारीहरुले जनाएका छन् ।

बाढीले अरु सयौँ घर तथा भौतिक संरचनाहरुमा समेत क्षति पु¥याएको अधिकारीहरुको भनाइ छ । देशको नान्गाहार प्रान्तमा पर्ने कोज्कुनार जिल्लामा घटना भएको प्रान्तीय सरकारका प्रवक्ता अतुल्लाह खोगिएनीले जानकारी दिएका छन् ।

बाढीमा परेर अरु चार जना बालबालिका अझै पनि बेपत्ता छन् । बाढीमा परेकाहरुलाई उद्धार गर्ने, घाइतेहरुलाई उपचार गर्ने र बेपत्ता भएकाहरुको खोजी गर्ने कार्य भने जारी रहेको छ ।