कोरोना संक्रमणबाट विरगञ्जमा थप एकको मृत्यु

कोरोना संक्रमणबाट विरगञ्जमा थप एकको मृत्यु
शनिबार, साउन १७, २०७७

पर्सा । कोरोना भाइरसको संक्रमणमा परी थप एक व्यक्तिको मृत्यु भएको छ ।

विरगञ्जको नारायणी कोभिड अस्पतालमा विरगञ्ज १६ नगवाकी ६८ बर्षीया महिलाको मृत्यु भएको हो ।

शुक्रबार मात्रै संक्रमण पुष्टि भएकी महिलालाई आज (शनिबार) नारायाणी बयोधा अस्पतालबाट कोभिड अस्पताल रिफर गरिएको थियो ।

अस्पताल पुगे लगत्तै मृत्यु भएको कोभिड अस्पतालका ईन्चार्ज डा. निरज सिंहले जानकारी दिए । महिलाको मृत्यु संगै पर्सा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० पुगेको छ ।

नेपालमा कोरोना संक्रमणका कारण ५७ जनाको मृत्यृ भएको छ ।

मृत्युबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारीक पुष्टि गर्न बाँकि रहेको छ ।