अमेरिकामा कोरोना संक्रमित र मृतको संख्या बढ्दो क्रममा 

अमेरिकामा कोरोना संक्रमित र मृतको संख्या बढ्दो क्रममा 
आइतवार, साउन १८, २०७७

एजेन्सी- संयुक्त राज्य अमेरिकामा २४ घण्टामा कोभिड–१९ सङ्क्रमित १ हजार ४४२ व्यक्तिको मृत्यु भएको छ ।

शनिबार त्यहाँ यो संख्यामा मानिसको मृत्यु भएको हो।

विश्वको सबैभन्दा बढी कोभिड–१९ सङ्क्रमित र मृत्यु भएको अमेरिकामा कोरोना भाइरसका कारण शनिबारसम्म मृत्यु हुनेको सङ्ख्या एक लाख ५३ हजार २६८ पुगेको अमेरिकाको आधिकारिक तथ्याङ्क छ ।

अमेरिकामा विगत २४ घण्टामा सङ्क्रमितको सङ्ख्या ६९ हजारभन्दा बढी पुगेको र अहिलेसम्म ४५ लाख सङ्क्रमित भएका उक्त जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

अमेरिकामा शनिबारसम्ममा कूल १४ लाख सङ्क्रमित निको भई घर फर्किएका बताइएको छ ।