कोरोना संक्रमित बढेपछि पर्सामा भोलिदेखि निषेधाज्ञा

कोरोना संक्रमित बढेपछि पर्सामा भोलिदेखि निषेधाज्ञा
आइतवार, साउन १८, २०७७

वीरगञ्ज- पर्सामा १९ साउनदेखि जिल्लाभर निषेधाज्ञा जारी गरिने भएको छ ।

साउन १० गतेदेखि वीरगञ्ज महानगरपालिकामा मात्रै निषेधाज्ञा लगाइएकोमा पछिल्लो परिस्थितिको विश्लेषण गर्दै जिल्लाभर विस्तार गर्ने निर्णय गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।

कोरोना भाइरस संक्रमण फैलिन थालेपछि शनिबार प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

पर्सामा साउनमा मात्रै ११ जना संक्रमितको मृत्यु भएको छ ।

कोभिड १९ को रोकथाम, नियन्त्रण, उपचार तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन संक्रामक रोग ऐन, २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा लगाइएको प्रमुख जिल्ला अधिकारी कार्कीले बताए ।

यस्तो छ जिल्ला प्रशासनले जारी गरेको विज्ञप्ति